आर्थीकसंसार संवाददाता६ माघ, २०८२
६ माघ, २०८२काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही जाने भएका हुन् ।
यसअघि उनी तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । यस पटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन् । यसअघि बम काठमाडौं–१ बाट उम्मेदवार भएका थिए । त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले जितेका थिए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीले सो क्षेत्रबाट इन्द्र भुषाललाई उम्मेदवार बनाएको छ । सो क्षेत्रका लागि एमालेले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।


