आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८२
१४ मंसिर, २०८२काठमाडौं । नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार (आज) उक्त प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ । नवयुवा उमेर समूहको प्रदर्शनपछि महाधिवेशन गर्ने तयारी गरेको गरेको एमाले पहिलो दल हो ।
महाधिवेशनको घोषणा पहिलोपटक नेकपा माओवादी केन्द्रले गर्ने तय गरे पनि अहिले उक्त दल महाधिवेशनको तयारीमा देखिँदैन ।




