News Portal

  • नयाँ शक्तिको नयाँ यात्रा, तीन धार एकीकृत हुँदै बन्यो ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
    १७ पटक
    ७ कार्तिक, २०८२

    काठमाडौं । लामो समयदेखि स्वतन्त्र धार र वैकल्पिक राजनीतिका स्वरहरूसँग सम्बन्धित तीन समूह एकीकृत हुँदै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नामको नयाँ राजनीतिक शक्ति औपचारिक रूपमा जन्मिएको छ ।

    राजधानीको राष्ट्रियसभा गृहमा आइतबार आयोजित एकता–घोषणा कार्यक्रमका बीच उक्त दलको जन्म भएको हो ।

    यो एकतामा नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेर आएका सन्तोष परियारसहितका नेताहरू सहभागी भएका छन् ।

    कार्त्तिक २८ गते नै ती तीन धारबीच एकता गर्ने सैद्धान्तिक सहमति बनेपछि अन्ततः संगठनात्मक संरचना र राजनीतिक मार्गचित्रसहित नयाँ पार्टी घोषणा गरिएको हो ।

    नयाँ बनेको पार्टीले नेसपाले प्रयोग गर्दै आएको आँखा चिन्हलाई नै आफ्नो आधिकारिक चुनाव चिह्न स्वरूप कायम गर्ने निर्णय गरेको छ ।

    पार्टीमा एकल अध्यक्षको सट्टा ७ सदस्यीय अध्यक्ष मण्डलको व्यवस्था गरिएको छ । पार्टीका नेताहरूका अनुसार यो संरचनाले सामूहिक नेतृत्व, पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने लक्ष्य बोकेको छ ।

    प्रतिकृया दिनुहोस्