News Portal

  • एमाले विधान महाधिवेशन विभिन्न प्रस्ताव पारित गर्दै आज समापन हुने

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०८२
    १६ पटक
    २२ भदौ, २०८२

    काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार समापन हुँदैछ । भदौ २० मा सुरु भएको महाधिवेशनको आज तेस्रो दिन हो ।

    आज विभिन्न प्रतिवेदनहरू पारित गर्दै महाधिवेशन समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । ती समूहले शनिबार छलफल सकाएको प्रवक्ता गौतमले बताए ।

    आइतवार बिहान ८ बजेबाट सुरु भएको बन्दसत्रमा छलफलका निष्कर्षहरू सुनाउने कार्य सकिएका उनले जानकारी दिए ।

    यसक्रममा उठेका जिज्ञासाहरूको जवाफ अध्यक्ष ओलीले दिने तयारी भएको छ ।

    आजै विविध समसामयिक प्रस्ताव पारित गरिने गौतमले जानकारी गराए । आजै केन्द्रीय निर्वाचन आयोगको निर्वाचनसमेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुनेछ ।

    प्रतिकृया दिनुहोस्