News Portal

  • नयाँ वर्षको अवसरमा गरिमा विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०८१
    ८ पटक
    २२ चैत्र, २०८१

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत सम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

    यस छुट योजनाअन्तर्गत, गरिमा विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले दराजको वेबसाइट वा मोबाइल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्, जुन अधिकतम ७५० रुपैयाँसम्मको हुनेछ । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशतसम्म, अधिकतम  ५०० रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

    यो योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । बैंकका कार्डहोल्डर ग्राहकहरूले छुटको फाइदा उठाउन दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध गरिएका भौचरहरूको प्रयोग गर्न सक्नेछन् ।

    गरिमा विकास बैंकका १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस नयाँ छुट योजना अन्तर्गत ग्राहकहरूलाई एक थप सुविधाजनक र आकर्षक सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्