News Portal

  • सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, मूल्य ४५० रुपैयाँ र ६५५ रुपैयाँ

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०८१
    २१ पटक
    १ चैत्र, २०८१

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

    बैंकका अनुसार संस्थापक सेयरधनी ललित उपाध्याय बास्कोटाले आफ्नो स्वामित्वमा रहेको १० हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

    यस्तै, गोबिन्द चापागाईंले आफ्नो स्वामित्वमा रहेको ५ हजार ४ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्