News Portal

  • ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो

    आर्थीकसंसार संवाददाता१६ माघ, २०८१
    ४३ पटक
    १६ माघ, २०८१

    काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । गत असारसम्म बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । प्रतिशतका आधारमा ६ महिनामा बैंकहरूले ५.३५ प्रतिशत कर्जा वृद्धि भएको देखिन्छ ।

    समीक्षा अवधिमा विभिन्न १६ बैंकको कर्जा लगानी बढेको छ भने ४ बैंकको घटेको देखिन्छ । यस  अवधिमा एभरेष्ट बैंकले सबैभन्दा धेरै कर्जा वृद्धि गरेको छ । यस बैंकले १६.५२ प्रतिशत अर्थात् ३० अर्ब ८१ करोड रुपैयाँ बढाएर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । जबकि गत असारसम्म बैंकको कर्जा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ थियो ।

    पुस मसान्तसम्म एनएमबी बैंकले १२.१५ प्रतिशत अर्थात् २४ अर्ब ८७ करोड रुपैयाँ २ खर्ब २९ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म यस बैंकको कर्जा २ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो ।

    समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले १०.१६ प्रतिशत अर्थात् ३९ अर्ब ७३ करोड रुपैयाँ बढाएर ४ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकहरूमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आइएमई पहिलो स्थानमा छ । गत असारसम्म बैंकले ३ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

    प्राइम बैंकले ९.१६ प्रतिशत अर्थात् १७ अर्ब ७७ करोड रुपैयाँ बढाएर २ खर्ब ११ अर्ब ७० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत अर्थात् २२ अर्ब ५६ करोड रुपैयाँ बढाएर २ खर्ब ८४ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८.०७ प्रतिशत अर्थात् २६ अर्ब ५६ करोड रुपैयाँ बढाएर ३ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ७.५० प्रतिशत अर्थात् १९ अर्ब ४१ करोड रुपैयाँ बढाएर २ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

    यस्तै, नेपाल बैंकले ७.१७ प्रतिशत अर्थात् १४ अर्ब ९३ करोड रुपैयाँ बढाएर २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६.३७ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड रुपैयाा बढाएर १ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६.२८ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड रुपैयाँ बढाएर २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ, सिटिजन्स बैंकले ५.७८ प्रतिशत अर्थात् ९ अर्ब ११ करोड रुपैयाँ बढाएर १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

    नबिल बैंकले ५.३४ प्रतिशत अर्थात् २० अर्ब ७६ करोड रुपैयाँ बढाएर ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ, सानिमा बैंकले ५.२७ प्रतिशत अर्थात् ८ अर्ब ७४ करोड बढाएर १ खर्ब ७४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ४.९१ प्रतिशत अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ बढाएर १ खर्ब ३९ अर्ब रुपैयाँ, कुमारी बैंकले ४.०५ प्रतिशत अर्थात् ११ अर्ब ८९ करोड रुपैयाँ बढाएर ३ खर्ब ५ अर्ब ३० करोड रुपैयाँ, हिमालयन बैंकले ०.१० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ बढाएर २ खर्ब ४७ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी हुन् ।

    समीक्षा अवधिमा एनआईसी एसिया बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकको कर्जा लगानी भने घटेको छ । एनआईसी एसिया बैंकको ८.४८ प्रतिशत अर्थात् २४ अर्ब २० करोड रुपैयाँ घटेर २ खर्ब ६१ अर्ब १३ करोड रुपैयाँमा सिमित भएको छ । जबकी गत असारसम्म यस बैंकले २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    यस्तै, प्रभु बैंकको १.९९ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड रुपैयाँ घटेर २ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४७ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ घटेर ८८ अर्ब ३४ करोड रुपैयाँ र कृषि विकास बैंकको १५ करोड रुपैयाँ घटेर २ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँमा कर्जा सीमित भएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्