News Portal

  • ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०८२
    १०१ पटक
    १० कार्तिक, २०८२

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    चार दिनसम्म चल्ने यो सभा सोमबारदेखि बिहीबारसम्म भारतमा हुँदैछ । जसमा ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू सहभागी हुनेछन् ।

    सभामा सौर्य ऊर्जाको प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे विस्तृत छलफल हुने कार्यक्रम छ ।

    नेपालका तर्फबाट मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा सम्बोधन गर्ने तय भएको छ ।

    नेपाल २०८१ साल भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा आईएसएमा आवद्ध भएको थियो । मन्त्री घिसिङले बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्