आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८२
९ कार्तिक, २०८२काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
आइतबार सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा दुई सय ६५ रुपैयाँले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




