News Portal

  • कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८२
    ४२० पटक
    २४ असोज, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन्।

    बैंकको शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको ४०१ औँ बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। आचार्य यसभन्दा अगाडि पनी बैंकको अध्यक्ष पदमा नै थिए।

    बैंकको साधारणसभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस्