News Portal

  • रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०८१
    १४ पटक
    २ कार्तिक, २०८१

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो ।

    अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ ।

    जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।

    आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ ।

    यता आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् ।

    उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी ? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् ।

    प्रतिकृया दिनुहोस्