News Portal

  • सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८१
    ३९ पटक
    २२ असोज, २०८१

    काठमाडौं । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले  दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

    यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५५५ रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

    प्रतिकृया दिनुहोस्