News Portal

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८१
    २४ पटक
    २२ असोज, २०८१

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

    उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक संघीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्