News Portal

  • सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी मुख्य एजेण्डा

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    २३ पटक
    १३ असोज, २०८१

    काठमाडौं । सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री कार्यालयमा सुरु भएको हो ।

    बैठकमा बाढीपछिको विषयमा छलफल हुनेछ । बिहीबार साँझदेखिको निरन्तर वर्षाको कारण विभिन्न ठाउँमा आएको बाढीपहिरोले सय जना बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता छन् ।

    बैठकमा राजनीतिक दलका प्रतिनिधि र सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्