News Portal

  • सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

    आर्थीकसंसार संवाददाता१२ असोज, २०८१
    १० पटक
    १२ असोज, २०८१

    काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिलो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

    विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरुका ठूलो धनजनको क्षति भएको छ ।

    अविरल वर्षाका कारण दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंलगायत विभिन्न नदीमा आएको बाढीले दर्जनौ नेपालीको ज्यान गएको समाचारहरु प्रकाशित भएका छन् ।

    यस अवस्थामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले पीडित मानिसलाई सहयोग पुर्याउन २५ लाख रुपैयाँ तत्काल प्रधानमन्त्री राहात कोषमा जम्मा गर्ने  घोषणा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल गरेका हुन् । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । तत्काल २५ लाख रूपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’

    विभिन्न खालका विपत आईपर्दा नेपालको बैकहरूले सबैभन्दा अगाडि बढेर मानविय सहायाता योगदान गर्दै आएका छन् । २०७२ सालको भूकम्प, २०७६ पछिको कोरोना महामारीको बेलामा पनि बैंकहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्