आर्थीकसंसार संवाददाता१२ असोज, २०८१
१२ असोज, २०८१काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वत विहादी गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज असोज ११ गते देखि १७ गते सम्म विहादी गाउँपालिकाको ६ वटै वडामा संचालन हुनेछ ।
कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गानाले पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए ।