News Portal

  • आइएमई लाइफ चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०८०
    २९५ पटक
    ८ मंसिर, २०८०

    काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (Runner Up) को रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ।


    विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC, Indian Institute of Insurance लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।
    भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले उक्त अवार्ड ग्रहण गर्नुभएको हो ।
    उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्