काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम अन्तर्गत ,डडेल्धुरा उप प्रादेशिक कार्यालयले विभिन्न स्थानमा १ दिने जीवन बीमा सम्बधि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार बाजुर जिल्लाको मार्तडी स्थित बढिमालिका नगरपालिकाको ०८ को बाल मन्दिर निमाबीमा ,बैतडी जिल्ला को दसरथचन्द नगरपालिकाको सरस्वती आधारभुत स्कुल र गत आईतवार डडेलधुरा जिल्लाको पर्सुराम नगरपालिका स्थित त्रीबेणी बहुमुखी क्याम्पसमा जीवन बिमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।
जीवन बीमा सम्बन्धि सचेतता कार्यक्रममा जीबन बीमा के हो ,जीवन बीमाको महत्व र आवश्यक्ता किन छ ,जीवन बीमाले बहन गर्ने जोखिमहरु के कस्ता हुन्छ्न , आम नागरिकले जीवन बीमालाई किन बिश्वास गर्ने ,बीमा को नियमक निकाय हुन्छ हुदैन , लगायतको बिषयबस्तुमा छलफल गरिएको थियो ।
स्कुल तथा कलेजमा गरिने यसप्रकारको जनचेतना कार्यक्रमले बिद्यार्थीमार्फत परिवारमा बीमाको चेतना फैलाउन मद्दत पुग्ने बिचार उप प्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले बताए ।