News Portal

  • राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    ४४५ पटक
    २८ भदौ, २०८०

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परीक्षा समेत सम्पन्न गरेको छ। भदौ २५ गतेदेखि भदौ २७ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो।

    बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

    सहायक व्यवस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए।नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएदेखि अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनि हुन् थालेको छ।
    प्रतिकृया दिनुहोस्