आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परीक्षा समेत सम्पन्न गरेको छ। भदौ २५ गतेदेखि भदौ २७ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो।
बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए।