News Portal

  • वित्तीय क्षेत्र दीर्घकालिन बनाउन ईएसजी सर्टिफिकेसन कोर्स सुरुवात

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८०
    १२९ पटक
    २७ भदौ, २०८०

    काठमाडौं । नेपालको वित्तीय क्षेत्र दीगो बनाउन नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालको आयोजनामा मुभिङ टुवार्ड्स सस्टेनेबल फाइनान्सिङ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्र दीर्घकालिन बनाउन, वर्तमान अवस्थाको मुल्याङ्कन र समाधान गर्दै अघि बढ्ने बारे कार्यक्रममा छलफल भएको हो ।

    साथै, ईएसजी सर्टिफिकेसन कोर्सबारे केन्द्रित भएर छलफल भएको बैंकर्स संघले जनाएको छ । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा दीर्घकालिन वित्तको सान्दर्भिकता र महत्व रहेको बताए । बैंक तथा वित्तीय संस्था मात्रै नभई सरोकारवाला दीर्घकालीन रूपमा लाभान्वित हुने उनको भनाइ छ । दीर्घकालिन वित्तमा बैंकर्स संघको दीर्घकालीन लक्ष्य रहेको उनले बताए ।

    पर्यावरण व्यवस्थापन केन्द्र (ईएमसी) भारतका प्रबन्ध निर्देशक डा.प्रसाद मोदकले नेपालका बैंकहरुमा ईएसजी कार्यान्वयनको वर्तमान अवस्था, उपलब्धी र सुधार गर्नुपर्ने पक्षकाबारे जानकारी गराए । दीर्घकालिन वित्तसँग सम्बन्धित विविध पक्षलाई समेट्दै अन्तर्राष्ट्रिय अभ्यासबारे बार्सिलोना स्कूल अफ म्यानेजमेन्टका प्रा.डा.मार्कोस इगुइगुरेनले सुझाव दिए ।

    नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिना र एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले संयुक्त रुपमा बैंकर्स संघले इन्भेष्टमेन्ट अफ इम्प्याक्ट नेपालको सहकार्यमा पोम्पेउ फर्बा यूनिभर्सिटी बार्सिलोना स्कूल अफ म्यानेजमेन्टद्वारा संचालन गर्ने ईएसजी कसर्टिफिकेसन कोर्सको सुरुवातको घोषणा गरे ।

    उक्त पाठ्यक्रम तीनवटा प्रमुख स्तम्भको ऐतिहासिक विकास र महत्व, नियमनकारी ढाँचा र व्यावहारिक पक्षहरुलाई समेटेर तयार गरिएको छ । दीर्घकालिन वित्तसम्बन्धी ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न कोषेढुंगा सावित हुने बिश्वास लिईएको छ ।

    प्रतिकृया दिनुहोस्