News Portal

  • सिन्धु विकास बैंकले मनायो १४औं वार्षिकोत्सव

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८०
    २३६ पटक
    २५ भदौ, २०८०

    काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरि १४ औ वार्षिकोत्सव मनाएको छ  । आज आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्य गरि वार्षिकोत्सव मनाईएको बैंकले जनाएको हो ।

    बैंकका अनुसार वार्षिकोत्सवको अवसरमा  जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकरण तथा सुरक्षा सामाग्री हस्तान्तरण, विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण लगायत खेलकुद प्रतियोगीता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपासका स्थानिय वासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैक वित्तिय संस्था एवं संघ संस्थाका प्रतिनीधिहरु लगायत बैंकका संचालक समितिका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ। बैंकका अनुसार खुला रक्तदान कार्यक्रममा करिब १०० दाताहरुले रक्तदान गरेका छन्।

    सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्