News Portal

  • कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८२
    ११ पटक
    २२ माघ, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

    विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।

    कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाउन र उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याएकोमा बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् ।

    त्यस्तै, बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्