काठमाडौं । सानिमा बैंकले २०७९ चैत्र ६ देखि चैत्र १२ गतेसम्म ग्लोबल मनी वीक अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।
वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरेको जनाएको छ । साथै, ग्लोबल मनी वीक को “प्लान योर मनी प्लान्ट योर फिउचर सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।
सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी वीक
आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
१४ चैत, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने