काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले यी दुई हस्पिटलको सेवामा आफ्ना ग्राहकहरुलाई छुट दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिदाँ १० प्रतिशत देखि २० प्रतिशत सम्म छुट प्राप्त गर्ने तथा काठमाण्डौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजि ल्याब, इसीजि, इको, क्ष्एमटी र यूएसजी डिजिटल एक्सरे, दन्तसेवा लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्नेछ ।
त्यस्तै, चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकका ग्राहकहरुले दुई हस्पिटलको सेवामा विशेष छुट पाउने
आर्थीकसंसार संवाददाता२५ माघ, २०७९
२५ माघ, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह