काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।
यस सम्झौतापश्चात प्रभु बैंकका ग्राहक महानुभावहरुले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, खुल्ला एपीआई (Open API) मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिन्छ र फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिन्छ ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।
सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गर्नुभएको छ ।
स्माटच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालन सम्झौता
आर्थीकसंसार संवाददाता२५ माघ, २०७९
२५ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो