काठमाडौं । एनएमबि बैंक र मूल्य मान्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (BII) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।
एनएमबि बैंक BII बाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत्त पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल के.सी.ले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी’ बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता
आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
१३ भदौ, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह