काठमाडौं । प्रभु बैंक र सर्लाही स्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लिलावती हस्पिटलद्धारा सञ्चालित ९ल्याब, एक्सरे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै आइ.पी.डी (बेड चार्ज), एन्.आइ.सी.यु सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
सम्झौता अन्तर्गत लिलावती हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लिलावती हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।
प्रभु बैंकका ग्राहकलाई लिलावती हस्पिटलमा छुट
आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
१३ भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?