काठमाडौं । कृषि विकास बैंकले करिव १८ अर्ब रुपैयाँको कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको छ । बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलसहित ४ वटा वाणिज्य बैंकलाई कृषि कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको हो ।
कृषि विकास बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियाे) सीमामा राख्न कर्जा बेच्नु पर्ने अवस्था थियो । उसको सीडी रेसियो ८९.६७ प्रतिशत पुगेको थियो । तरताल संकट बढ्दै जाँदा र राष्ट्र बैंकले थप कसिलो मौद्रिक नीति लिने बताएपछि कृषि विकास बैंकले कर्जा बेचेर आफूलाई पर्याप्त तरलताको अवस्थामा राखेको छ ।
यसबाट बैंकलाई दाेहाेराे फाइदा भएकाे छ । एकातिर बैंककाे नाफा बृद्धिमा सहयाेग पुगेकाे छ भने अर्काेतिर तरलता पर्याप्त भएकाे बैंक स्राेतले बतायाे ।
स्राेतका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशलनले राष्ट्र बैंकले तोके अनुसार कृषि क्षेत्रमा न्यूनतम कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । कुल कर्जाको न्यूनतम १५ प्रतिशत कृषि कर्जा पुर्याउनेको लागि कृषि विकास बैंकबाट कृषि कर्जा किनेका हुन् ।
यस्तो कर्जाको किनबेचमा बैंकहरुलाई बहुआयामिक फाइदा हुन्छ । कर्जा किन्नेको व्यवसाय विस्तार हुन्छ । साथै, कानुनको परिपालना हुन्छ । त्यसले राष्ट्र बैंकबाट हुने जरिवानाबाट बचाउँछ । कर्जा बेच्नेले फाइदा लिएर मात्र बेच्छ । उसलाई पनि कानुनको परिवालना र कारवाहीबाट बच्च मद्दत मिल्छ ।
‘कानुनको परिवालना गर्न, व्यापार विस्तार गर्न र राष्ट्र बैंकबाट हुने कारवाही वा जरिवानाबाट जोगिन बैंकहरुबीच अन्तरकर्जा किनबेच गर्ने अभ्यास रहेको बैंकर्स विएन घर्तीले बताए । राष्ट्र बैंकले नियम बनाएरै कर्जा खरिद बिक्री खुला राखेको उनले बताए ।
तर, यस्तो कर्जा खरिदबिक्री असार महिनामा गर्न नहुने राष्ट्र बैंकको नियम छ । ‘आर्थिक वर्षको अन्तिम महिनामा कर्जा खरिद, कर्जा बिक्री, पुर्नखरिद वा टेक ओभर गर्न पाइने छैन’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
बैंकहरुलाई भने आर्थिक वर्षको अन्त्यमा नै यस्तो कर्जा खरिद बिक्री गर्नु पर्ने बाध्यता हुने गरेकाे जानकारहरु बताउँछन् । आर्थिक वर्षको अन्त्यमा राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा नभएको अवस्थामा कारवाही हुने भएकोले बैंकहरुले तोकिएका मापदण्ड पूरा गर्न असारमा नै बढी सक्रियता देखाउने गरेका छन् ।
कृषि विकास बैंकले प्रिमियम मूल्यमा बेच्यो १८ अर्बको कर्जा
आर्थीकसंसार संवाददाता२८ असार, २०७९
२८ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?