News Portal

  • कुमारी बैंकका कार्डवाहकलाई केजी यच ग्रुपमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७७
    १९१७ पटक
    १६ फागुन, २०७७

    काठमाडौं । कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकले केजी यच ग्रुपमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी कुमारी बैंक र केजी यच ग्रुप बीच सम्झौता भएको हो ।
    यससँगै बैंकका डेबिट/क्रेडिट कार्डबाहकले उक्त केजी यच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले हाल १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्