काठमाडौं । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७÷७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ ।
बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी रु. ४ अर्ब ६५ करोड तथा खुद सञ्चालन आम्दानी रु. ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ ।
२०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप रु. २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ ।
२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ ।
आ.व.२०७७÷७८ को दोस्रो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोषलगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको कुरा उल्लेख छ ।
बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पुर्याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, ऋणी, नेपाल सरकार, शेयरधनीहरु, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाहरुप्रति बैंकले धन्यवाद प्रकट गर्दै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उपरोक्त वित्तीय विवरण बैंकको website: www.rbb.com.np मा समेत राखिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक
आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
१६ माघ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह