News Portal

  • सनराइज बैंकले व्यवसायीलाई कृषि तथा सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    २५९७ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले सानीभेरी गाउँपालिकाका वयवसायीलाई कृषि तथा सहुलियतपूर्ण कर्जा दिने सम्झौता भएको छ । सम्झौता सनराइज बैंक र सानीभेरी गाउँपालिका बीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा सनराइज बैंकका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दीपक पण्डित तथा सानीभेरी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका हुन् ।
    यस समझदारीपश्चात सानीभेरी गाउँपालिकाद्वारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।
    सो हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोधर सिफारीस गरिएका सम्भाव्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा रुकुम (पश्चिम)का सभासद जनार्दन शर्मा, बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको उपस्थितिमा भएको हो । यस्तो समझदारीपश्चात सानीभेरी गाउँपालिकाद्वारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।
    समझदारीपत्रका मुख्य बुदाँहरु यसप्रकार छन्ः
    – सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ (संशोधनसमेत) कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न चाहने समूहलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंकसमक्ष सिफारिस गर्ने ।
    – गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।
    – कर्जा जोखिम न्यूनीकरणका लागि बैंकमार्फत कर्जा लिएका समूहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्यूनीकरण कोषको स्थापना गर्नेछ ।
    – बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एसएमएसलगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिँदै छुटसमेतको व्यवस्था गर्नेछ ।

    प्रतिकृया दिनुहोस्