News Portal

  • देशभर २४ घण्टामा १ हजार ३ सय ४३ संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७७
    २३९५ पटक
    १८ मंसिर, २०७७

    काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।
    मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५ सय ८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् ।
    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १११ जना निको भएका छन् । यस्तै थप १३ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस्