News Portal

  • बितेको २४ घण्टामा १ हजार ३ सय ४ संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७७
    १२०५ पटक
    १६ मंसिर, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २ हजार ७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ३० जना संक्रमित थपिएका छन् । २ सय ४० महिला र २ सय ९० पुरुषसहित ५ सय ३० संक्रमित थपिएका हुन् ।
    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या ८८ हजार ३ सय २ पुगेको छ भने त्यसमध्ये ८१ हजार १ सय १० जना निको हुँदा ६ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ३ सय ८६ जनाको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा हालसम्म ७ हजार ९ सय ९५ जना संक्रमित रहेकोमा ७ हजार २ सय ९८ जना निको भएका छन् भने ६०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ९३ जनाको मृत्यु भएको छ । यसैगरी ललितपुरमा हालसम्म १३ हजार ३ सय ५९ जना संक्रमित रहेकामा ११ हजार ८ सय ८४ जना निको भएका छन् । यस्तै १ हजार ३ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्