News Portal

  • लाइफ इन्स्योरेन्स कर्पाेरेशनले बोनस शेयर दिने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १४२५ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १०.५२६३ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
    कम्पनीको बसेको सञ्चालक समितिको १०८औं बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी रु. २ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र १०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
    प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको १८औं वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्