News Portal

  • २४ घण्टामा १९८० संक्रमित, निको हुनेको संख्या २ लाख नाघ्यो

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    १११४ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । दशैंअघिसम्म ४५ हजारको हाराहारीमा रहेका सक्रिय संक्रमित पछिल्लो समय भने निरन्तर घट्दो क्रममा रहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८ सय ८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् ।
    पछिल्लो २४ घण्टामा १९८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २२८ जना पुगेको छ भने त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार मात्रै ३ हजार ४३ जना संक्रमणमुक्त बनेका छन् । यस्तै सोमबार थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर १६ लाख ७० हजार ४ सय ५६ जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ जनाको परीक्षण भएको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।
    संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६ सय ६७ जना, भक्तपुुरमा ६ सय २८ र ललितपुरमा १ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ ।

    प्रतिकृया दिनुहोस्