News Portal

  • विगत २४ घण्टामा १ हजार ९ सय १३ जना संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    ११३४ पटक
    २७ कार्तिक, २०७७

    काठमाडौं । बिहीबार नेपालमा कोरोना संक्रमितको नयाँ संख्या केही घटेको छ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि दुई हजार पाँच सयभन्दा बढी अधिकतम ३५०० सम्म पुग्ने गरेकोमा आज भने केही घटेको हो ।
    थप भएको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीवार एकै दिन २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस्