News Portal

  • बैंक अफ काठमाण्डूको मंसिर १५ गते वार्षिक साधारणसभा हुने

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७७
    १३१० पटक
    २० कार्तिक, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले आगामी मंसिर १५ गते सोमबार वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गर्न सो दिन २६औं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभा सो दिन काठमाडौंको कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा बस्दै छ । कोभिड–१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । सभामा जाने प्रयोजनको लागि बैंकले कार्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्तिक २७ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने छन् । बिहीबार कार्तिक २० गते बसेको बैंक सञ्चालक समितको बैठकले सभा तथा बुक क्लोजको मिति तय गरेको हो ।

    प्रतिकृया दिनुहोस्