News Portal

  • नेपाल बैंक र लिसंखुपाखर गाउँपालिकाबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७७
    १२५१ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । नेपाल बैंक र सिन्धुपाल्चोक जिल्लास्थित लिसंखुपाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले उक्त गाउँपालिकाले सञ्चालन गर्न लागेको उक्त कार्यक्रममा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
    सो सम्झौतामा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखुपाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।
    गाउँपालिकाले सञ्चालन गर्न लागेको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार)मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवद्र्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसायलगायतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आकर्षित गर्न, गाउँपालिकाबासीलाई स्वरोजगार, व्यावसायीक एवम् उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाँउपालिकाको विशेषतामा आधारित लघु, घरेलु, साना एवम् मझौला व्यवसायहरुको विकास एवम् प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७ अन्तर्गत उद्यमशील बन्न चाहने गाउँबासी एवम् सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि–२०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखुपाखर गाउँपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो । गाउँपालिकाद्वारा एक कोष खडा गरी नेपाल बैंक पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

    प्रतिकृया दिनुहोस्