News Portal

  • अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    ७२८ पटक
    २९ पुष, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।
    कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका पशु तथा कृषि विभाग प्रमुख दिपक पोख्रेलले पशु तथा कृषि वीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।
    जलजला गाउँपालिका ७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यतामा, धाइरिङका कृषक, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रबन्धक यादव प्रसाद पाठक साथै पशु सेवा शाखाका पशु प्राबिधिक नारायण आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्