News Portal

  • कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    ९५९ पटक
    ५ असोज, २०७८

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केही संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
    बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
    तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानुनबमोजिम शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्