News Portal

  • ज्योति विकास बैंकले रेबानका व्यवसायीलाई बिना धितो कर्जा दिने

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    १११० पटक
    २१ असार, २०७८

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ ।
    रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
    आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    सम्झौताअनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
    सम्झौता पश्चात ज्योति विकास बैंकले रेबानमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्ग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्