News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिना धितो सरल कर्जा दिने

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ९०२ पटक
    १६ असार, २०७८

    काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
    प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरी एकआपसमा समझदारीपत्र आदान प्रदान गरेका हुन् ।
    नेपाल प्रहरीको तलवी बचत खाता आगामी ५ वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गरे ।
    उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्