News Portal

  • तेक्वान्दो संघले दुई सय जनाको कोरोना बीमा गर्ने

    आर्थिकसंसार संवाददाता५ भदौ, २०७७
    ४९७ पटक
    ५ भदौ, २०७७
    काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना बीमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
    जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए । प्रत्येकको ५० हजारका दरले बीमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैंले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् । जिल्ला संघले यही अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।

     

    प्रतिकृया दिनुहोस्