News Portal

  • मैनादेवी फाउण्डेशन र कुमारी जबबीच काठमाडाैं ट्र्यास कलेक्सन रेस- २०२५ को लागि सहकार्य

    आर्थीकसंसार संवाददाता२३ पुष, २०८१
    ११ पटक
    २३ पुष, २०८१

    काठमाडाैं । गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेसन (एमडीएफ) र रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रालिबीच काठमाडौं ट्र्यास कलेक्सन रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ ।

    पुस २७ गते आयोजना हुने काठमाडाैं ट्र्यास कलेक्सन रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो ।

    तीनकुनेबाट सुरु हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् ।

    यस अभियानले स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्त्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

    यो वर्षको ट्र्यास कलेक्सन रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने ३ हजारभन्दा बढी नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।

    मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले एक दशकदेखि जनमानसमा सेवा पुर्‍याउँदै आएको छ ।

    यस सहकार्यमार्फत कुमारी जबले रोजगार निर्माणमा मात्रै नभई समाजमा वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गरेको छ ।

    मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सन्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतीघरमा समापन हुने यस अभियानमा सहभागीहरूले दौडँदै फोहोर संकलन गर्ने गरेका छन् ।

    यसरी संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्