News Portal

  • आर्यन रन्जित वर्ल्ड बुक अफ रेकर्ड अवार्डबाट सम्मानित

    आर्थिकसंसार संवाददाता३ भदौ, २०७७
    ७४४ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वर्ल्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित भएका छन् ।उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण–पत्र हस्तान्तरण गरे । सानो उमेरमा खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । खेलकुद क्षेत्रबाट नेपालबाट सम्मानित हुने आर्यन पहिलो भएको उनका पिता सञ्जयले जनाएका छन् । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ ।
    आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन् । पाँचैमा उनले स्वर्ण पद जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए । भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नौ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए । सिंगापुरमा भएको प्रतियोगितामा उनी तेस्रो भएका थिए । आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्