News Portal

  • सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७८
    ४८१ पटक
    १५ वैशाख, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो ।
    यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
    सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
    बैंकले १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्