News Portal

  • आरम्भ चौतारी लघुवित्तको अधिकांश सूचक सकारात्मक

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८
    ६८५ पटक
    १२ वैशाख, २०७८

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २.९१ गुणा बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ६८ लाख ६८ हजार खुद नाफा आर्जन गरेको थियो ।
    हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १२ करोड ४२ लाख ५ हजार रुपैयाँ संचिती रहेको छ । संस्थाले यस अवधिसम्म ३७ करोड ६४ लाख खराब कर्जा उठाएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफा २.८५ गुणा बढी बढी हो । गत वर्ष ४ करोड २२ लाख २२ हजार सञ्चालन मुनाफा गरेको थियो । यस अवधिमा संस्थाले १२ करोड ५ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । यस अवधिसम्म संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्