News Portal

  • सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ७३७ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । सनराइज बैंकले थप दुई स्थानमा आफ्नो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–६ को ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नपा–११ को बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ ।
    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत ग्राहकहरले एटिएम कार्ड प्रयोग गरी निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।
    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्