News Portal

  • कुमारी बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, फोनपेको सहकार्यमा डिजिटल कारोबार सजिलो

    आर्थीकसंसार संवाददाता१७ असार, २०८२
    ३९ पटक
    १७ असार, २०८२

    काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ ।

    बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत भर्चुअल क्रेडिट कार्ड सहजै सक्रिय गरी प्रयोग गर्न सक्नेछन् । कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी हुने यो कार्डमार्फत फोनपेको क्यूआर मर्चेन्टहरूमा सहज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

    ग्राहकले भुक्तानी गरेपछि ४५ दिनसम्म बिना ब्याज सुविधा पाउने र सेटलमेन्टका लागि १० प्रतिशत वा शतप्रतिशत रकम चुक्ता गर्ने विकल्प समेत रोज्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्