News Portal

  • कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने

    आर्थीकसंसार संवाददाता१८ असार, २०८२
    १६ पटक
    १८ असार, २०८२

    काठमाडौं । कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने भएको छ । बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गरिँदै आएको बीमा सुविधा साउन ३१ गतेपछि बन्द गर्ने जनाएको हो ।

    बैंकले विगत लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम स्यालरी एकाउन्ट, कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट लगायत अन्य विभिन्न खाताहरूमा बीमा सुविधा प्रदान गर्दै आएको छ ।

    परिवार सुरक्षा बचत खातामा रहेको २६ लाख, कुमारी प्रिमियम स्यालरी एकाउन्ट र कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट रहेको ७/७ लाखसम्मको बीमा सुविधा यथावतै राखि अन्य खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा साउन ३१ गते पश्चात् कायम नरहने बैंकले जनाएको छ ।

    उक्त खातामा ग्राहकहरूले पाइरहेको अन्य सबै सेवा सेवासुविधाहरु भने यथावत् रहने बैंकले जनाएको छ ।

    बैंकले असार १७ गतेपछि उल्लेखित खाताहरू बाहेक अन्य खाताहरूलाई नयाँ बीमा सुविधामा समावेश गरिने छैन । तर, यसअघि बीमामा समावेश भइसकेका ग्राहकहरूले साउन ३१ गतेसम्मका स्वास्थ्य उपचारको बिल बैंक समक्ष दावी गर्न सक्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्